सञ्जिव धिताल। सिङ्गो नेकपा एमाले राष्ट्र , राष्ट्रियता, बिकासवादी दृष्टिकोणमा प्रष्ट पङ्ति हो । एउटा पुस्ता जसलाई जेन जेडको नामले परिभाषित गरिएको छ, परिवर्तित सन्दर्भमा भ्रष्टचार र ढिलासुस्ती विरुध्द सु शासनको पक्षमा पवित्र माग सहित आन्दोलित पुस्ता, राज्य पक्षबाट भएको दमन साथै आन्दोलनमा भएको घुसपैठले आन्दोलन नियन्त्रण बाहिर पुगेर आजगनी, तोडफोड, लुटपाटको अवस्थाबाट गुज्रिदै देश भु राजनीतिक चपेटामा परेको छ ।
स्वार्थ समुह विभिन्न आवरणमा आन्दोलनलाई प्रभावित बनाएर आफ्नो रोटी सेक्दैछन । तसर्थ सुस्पष्ट र सुविचारित विचार अङ्गालेको एमालेले समयको पदचापसगै आफ्नो दृष्टिकोण र कार्यनीति तयार पर्नु पर्दछ । मदन भन्डारीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था पुगेको बेला माक्र्सवादको सिर्जनात्मक प्रयोग गरेर नेपालमा नविन विचार जबज प्रतिपादन गर्नु भएको थियो। माओवादी युद्दपछि सबैभन्दा ठुलो प्रहार भोगेको एमाले पङ्ति, पार्टी एकताको नाममा पार्टी कब्जा गर्न परमादेश साहरामा बनेको महागठबन्धन सङ्ग मुकाबिला गरेर जुरुक्क उठेको पङ्तिले समयको मागलाई बुझ्न सक्नु पर्दछ। समाजका विभिन्न मनोविज्ञानहरुको यथार्थपरक विश्लेषण गरेर अघि बढ्न सक्नु पर्दछ । भर्खर सम्पन्न विधान महाधिवेशन दस्तावेजहरुमा समय सापेक्ष परिमार्जन आवश्यक देखिएको छ जुन व्यापक छलफलमा ल्याउनु पर्दछ साथै ११ औ राष्ट्रिय महाधिवेशन एउटा कोशेढुङ्गे साबित हुनुपर्दछ नयाँ शिरको उडानको लागि ।
अहिले हामी कठिन क्षणमा छौ, व्यवस्था परिवर्तनको लामो लडाई लडेको पुस्ता साथै प्रविधिमा अब्बल पुस्ताको सहकार्यबाट मात्र देशमा व्यप्त संकटलाई समाधान उन्मुख गराउन सकिन्छ होइन भने यो वा त्यो मानेमा ढिलो चाडो नेपाल वैदेशिक हस्तक्षेपको क्रडास्थल बन्ने पक्का छ जुन हाम्रो छिमेकी राष्ट्र बाङलादेश, श्रीलंकाबाट पनि धेरै बुझ्न सकिन्छ ।
( धिताल एमाालेका युवा नेता हुन्)



