के निर्जिब रेष्टुरेन्टले पनि घुस खान्छ ? म भन्छु खान्छ, रेष्टुरेन्टले घुस खादैन र अनियमितता गर्दैनन् भन्ने कसैलाई बिश्वास लाग्दैन ? भने यो स्टोरी पढनुहोस् ।

यो तस्विरमा देखिएको रेष्टुरेन्ट, पुर्व सञ्चार मन्त्री तथा दोलखा एमाले नेता पार्वत गुरूङको हो, यो रेष्टुरेन्ट एउटा यस्तो रेष्टुरेन्ट हो, जसले सबैभन्दा धेरै घुस खायो। घुसको कारोबार गरायो।

यो स्टोरीमा पार्वत गुरूङको रेष्टुरेन्ट र विष्णु रिमालको कथा जोडिन्छ। अब पढनुहोस, यो कसरी घुस्साहा रेष्टुरेन्ट थियो र हो भन्ने ।

मैले सदैव भनिरहेकै छु, मैले अस्ति बिष्णु रिमालका बारेमा लेखे, पहिला यही कुरा किन भनिनस, ध्वस्त भईसके पछि किन लेखिस भनेर पनि धेरैले प्रश्न पनि गरे, यो त मैले आदहरणीय रिमाल दाजुलाई भनेकै हो, उनले नसुने पछि फेसबुकमा नलेखे पनि टविटरमा भने धेरै लेखेकै हो, उत्खनन् गर्नेहरूले टविटर उत्खनन गरेर लेखे हुन्छ।

केपी ओली त्यसै डुबानमा परेका होइनन्, मुख्य सारथी विष्णु रिमाल नै हो । रिमालको केही वर्षदेखि सारथी मध्य थोरै केही थिए, ति मध्ये एक हुन् दोलखाका एमाले नेता पार्वत गुरूङ, उनको पृष्ठभुमी बारे फेरि लेखुला ।

गुरूङले खासमा ठेक्कापट्टाबाट कमिशन खाने, माथिल्लो तामाकोशीबाट अवैध पैसा असुल्ने, हाइड्रो र जडिबुटीको कालो धन्दाले अरबौं पैसा कमाए। खासमा यी पार्वतलाई सुरुमा एमालेकै आनन्द पोखरेलले पर्याप्त स्पेस दिए र अनाबश्यक रूपमा नेता बनाए। प्रमाण के छ भनेर मलाई नसोध्नु, घुस खानेले प्रमाण राखेर, तपाईं हामीलाई भनेर पनि खादैन्, उसले लुकाएरै खान्छ, त्यसमाथी नेता धेरै चलाख हुन्छन, प्रमाण मसँग होईन, सम्पत्ति शुद्विकरण मार्फत खोज्नु होस् ।

जब गुरूङ रिमाल र राजन भट्टराई अनि भानुभक्त ढकालहरुको निकट भएपछि तिनै आनन्दलाई `तँ´ भनेर अपमान गर्न थाले, जसले उसलाई नेता बनायो, पैसाका बलमा राजनीतिक योगदान गरेका पोखरेलहरू ठेकेदार नेतावाट दिनरात अपमान हुनु परेको धेरै एमाले कार्यकर्ताले देखे, उनीहरूलाई सहय भएको थिएन तर पार्बतको धनको अगाडी केही बाहेक कसैले बोलेनन् ।

अनि पार्बतको सुरु भयो, रिमालसँग धन्दा ।

प्रधानमन्त्री निवास बालुवाटार नपुग्दै भाटभटिनीको छेवैमा हिमालयन वायो किचेन छ, जुन देख्नलाई पार्वतको हो । तर, विहानै, बेलुकै पुग्थे बिष्णु रिमाल । प्रधानमन्त्री ओली हुँदा बालुवाटारको ढोका नकट्दै रिमाल त्यही रेष्टुरेन्टमा पुग्थे, बालुवाटारवाट फर्के पछि पनि उनी प्राय: पुगिरहन्थे। यो दृश्य देख्ने मेरो भाईहरू अझै त्यही छन् ।

उनीहरूले भने अनुसार व्यापारी, व्यवसायी, दलाल, विचौलिया सबैलाई त्यहीँको कोठा, चोटामा बोलाउँथे, धेरै बसाईमा पार्वत स्वय पनि हुन्थे । मैले तस्बिर खिच न भन्दा उनीहरूले खिच्न चाहिँ सकेनन, खिचेनन् तर `कन्फिडेन्टली´ भाईहरूले सबै रिपोर्ट गर्थे, कुरा सुन्थे, प्रमाण पुग्दैनथ्यो । त्यसैले मौन बसिरहे, सबन्धित ठाउँमा रिपोर्ट गरिरहे । यीनीहरू अझै जिउँदै छन्।

हुन त केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि रिमालकै जोडबलमा पार्वतले सञ्चारमन्त्री पाएका थिए, जुन स्वयमले पनि पत्याएकै थिएनन् । रिमाललाई आफुले भने अनुसार चल्ने मन्त्री चाहिएको थियो, त्यसका लागि गुरूङ उचित पात्र थिए।

त्यतिबेला पार्वतले नेपाल टेलिकममा रिमालसँग मिलेर जे गरे, अहिले पृथ्वी सुब्बा गुरूङसहित मिलेर टेलिकममा रिमालले त्यही गरे ।

चाइनिज कम्पनीलाई भित्र्याउने सर्तमै पार्वत मन्त्री बनेका थिए, उतिबेला । राम्रो सँग भाषण पनि गर्न नजान्ने, जिल्लास्तरकै कैयौं नेता भन्दा पछि रहेका पार्वतलाई यत्रो जिम्मेवारी पाए पछि रिमालले जे गर भन्यो त्यही गर्ने भए उनी, उनले त्यही नै गरे पनि, यो नाङ्गो र छर्लङ्ग हो ।

ओलीको निष्ठा, एमालेको योगदान, जनताको भविष्य यी दुवैलाई मतलब गरेनन । एमालेका नेता, कार्यकर्तालाई हेर्दै नहेर्ने, थर्काउने र आफू विना देशमा केही हुँदैन भन्ने अनौठो घमण्ड देखाउन थाले यि दुवै जनाले ।

कति काममा रिमालले प्रधानमन्त्री ओलीलाई गुमराहमा राखे, अरू पनि रहस्य म खोल्दै जानेछु, रोकिन्न, कुरेर बस्नु।

खासगरी टेलिकममा चाइनिज कम्पनी हुवावेसँग मिलेर सिंगो टेलिकम बुझाए, अरबौंको खेल भयो, यही कुरा गोकुल बाँस्कोटाले रोक्न खोजेका थिए, उनैलाई डुबाई दिए।

हुवावेले टेलिकमको कर्मचारीलाई त किनेकै थियो । त्यसमा २ जना गुरुंग सञ्चारमन्त्री, सञ्चार सचिव राधिका अर्याललाई मज्जाले परिचालन गरे रिमालले ।

पार्वतको पालामा फोर जी सेवा हुवावेको हालीमुहाली नै भएकै थियो । पछि नेटवर्किङगको काम गरेको हुवावेलाई नै बिलिंग सिष्टमको ठेक्का दिने काम भयो । यही कामका लागि रिमाल र पृथ्वी सुब्बासहित मिलेर टेलिकमको प्रवन्ध निर्देशक संगिता पहाडीलाई ल्याइएको थियो ।

त्यो काममा आफूले रिमाललाई ११ करोड पार्वतकै रेष्टुरेन्टमा पुगी बुझाउनु परेको पहाडीले केही टेलिकमका अधिकारीलाई भनेकी थिइन । उनी आज जिउँदै छन्

पहिलेको त्यो ठेक्कामा मुद्दा परेको थियो, पहाडीलाई भ्ष्टाचार मुद्धा लाग्यो । रिमाल, पार्वत र यो टिमलाई साथ दिनेलाई केही भएन ।

फेरी टेण्डर खुल्यो ,

पहिले आफैले हुवावेलाई हालीमुहाली गर्न दिएका पार्वतले त्यो कामबाट पनि कति लिए होलान, रिमालले त लिएको त छँदैछ ।

अहिले पनि टेलिकमको निमित्त प्रवन्ध निर्देशकलाई सर्वोच्च अदालतले रोकेर राखेको छ। अन्तराष्ट्रिय मान्यता विपरित हुने गरी कालोसूचीमा समेत परेको कम्पनीको साथमा यही हुवावेलाई ४ अर्बको बिलिंग सिस्टमको काम एक, दुई दिनमै अघि बढाउँदैछन् भन्ने सुनिएको छ।

तर, बिडम्बना टेलिकमका एमडी र सचिव त उही छन् ।

केही गरौं भनेर नयाँ आएका छन्, हाम्रा पत्रकारहरूका प्रतिनिधि र अरूलाई रयाख रयाखती ति पार्ने सञ्चारमन्त्री जगदिश खरेल ।

संयोग नै मानौै, खरेल र पार्वत एकै जिल्ला दोलखाका हुन् । पार्वतले अनेक गरेर हुवावेलाई नै यो काम दिन करबल गर्ने, प्रभावमा पार्न सक्ने बजार चर्चा सुरू भएको छ ।

फेरी सञ्चार सचिव राधिका अर्याल नपत्याउँदो तरिकाले नेपालको टेलिकम प्रणालीलाई चाइनीज कम्पनीलाई बुझाउन तल्लिन रहेको भन्ने आरोप छ।

हेरौं, नयाँ मन्त्री खरेलले ४ अर्बको यो विवादित कामलाई थप अध्ययन गर्नेछन् कि पार्वतको हिमालयन वायो किचेनको मेनुतिर ध्यान दिनेछन् ।

अब खरेलले रिमाल र गुरूङका अघोषित एजेन्टहरूको कुरा सुन्छन कि हिमालयन बायो किचेनमा जान्छन। हेर्न बाँकी छ।

खोजिरहने हो, लेखिरहने हो । धेरै सुचना र कागजपत्र आएका छन, अब अरू अरू स्टोरी पनि कुर्नुहोस् ।शुभरात्री।

( वरिष्ठ पत्रकार प्रकाश तिमल्सिनाकाे फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको