काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उनले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताए।

उनले भने, ‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउदैँ छौ। यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दैछौ। विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधी ऐनको तयारी भइरहेको छ। गुणस्तर ऐनको तयारी भइरहेको छ। धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौ। नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौ।’

यसको साथै, उनले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठूलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको