मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
केही समस्या आइपर्ला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। मध्याह्नपछि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। मध्याह्नपछि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नपछि भने आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको