काठमाडौं : नेपाली कांग्रेसका नेता एनपी साउदसहितकाे टाेली अहिले कर्णाालीमा छ । जेठ १८ मा बाँकेकाे नेपालगञ्जबाट शुरू अभियान सुर्खेत, द‌ैलेख, कालिकाेट, जुम्ला, मुगु हुँदै जाजरकाेट, पश्चिम रूकुम, सल्यान हुँदै जेठ ३० गते दाङ आएर सम्पन्न हुने यात्रामा रहेका कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतारले बताए ।

प्रतिनिधिसभा सांसद समेत रहेका साउद नेतृत्वको टाेलीमा केन्द्रीय सदस्य डिला संग्राैला, अब्दुल सतार र गाेविन्दबहादुर शाह सहभागी छन् । यात्राका क्रममा उनीहरूले कार्यकर्ता भेटघाट र अन्तर्क्रिया गरिरहेका छन् । साउदलाई कांग्रेसभित्र भावी महामन्त्रीका दाबेदारका रूपमा हेरिएकाे छ भने संग्राैला र सतार महिला र मुस्लिमतर्फबाट सहमहामन्त्रीका रूपमा हेरिएका नेता हुन् । कर्णाली र लुम्बिनी प्रदेशमा उनीहरूकाे भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको