काठमाडौं : नेपाली कांग्रेसकी सांसद प्रतिमा गाैतमले सडक विभाग काठमाडौं महानगरपालिकाबीचकाे विवाद लज्जास्पद भएकाे बताएकी छन् । प्रतिनिधसभा बैठकमा आज शून्य समयमा बाेल्दै सांसद गाैतमले सडक र फुटपाथ निर्माणकाे विषयमा विवाद हुनु लज्जासपद भएकाे बताइन् । राज्यका दुई अंगबिच सिर्जना भएका यस्ता विवाले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गाैतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् ।
-`सभामुख महाेदय, अहिले काठमाडौं महानगरपालिका र सडक विभागबिच आराेपप्रत्याराेप चलिरहेकाे छ । फाेहाेर व्यवस्थापनकाे विषय , सडक र फुटपाथ निर्माणकाे विषयमा कसकाे क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हाे ,´ गाैतमले भनिन् ,` राज्यका दुई अंगबिचकाे विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन । स्थानीय सरकार र संघबिच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेकाे छ । यसतर्फ पनि गम्भीर हुन सराेकारवालाहरूकाे ध्यानाकर्षण गराउँदछु । ´
गाैतमले संसदमा बाेलिरहँदा काठमाडौंकाे न्यूराेड क्षेत्रमा काठमाडौं महानगर र सडक विवादबीच विवाद भइरहेकाे थियाे । महानगरले सडक घटाएर फुटपाथ बढाउन खाेजेपछि सडक विभागले महानगरले भत्काएकमे सडक टाल्ने क्रममा असहज अवस्था बनेकाे थियाे ।

