काठमाडौं । नेपालकै पहिलो बहुवैकल्पिक ‘आई-फेयर’ हुने भएको छ। जेठ २० गते आइतबार ‘यूएलसीआई’ ले नेपालमै पहिलो पटक बहुवैकल्पिक ‘आई–फेयर’ गर्न लगेको हो।

नेपालमै पहिलो पटक एकै ठाउँमा ‘आईइएलटीएस’ देखि ‘एसएटी’ सम्मको युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिट्यूट (यूएलसीआई) का प्रमुख कार्यकारी अधिकृत उत्तम प्रसाद पन्तले बताए ।

पहिलो पटक ‘आईइएलटीएस’, ‘पीटीई’, ‘टीओइएलएफ’, ‘ओईटी’, ‘जेएफटी’, र ‘एसएटी’ का प्रतिनिधिहरूलाई नै राखेर आई-फेयर गर्न लागिएको छ ।

अन्तर्राष्ट्रिय परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि व्यापक कार्यक्रम ‘आई-फेयर’ आइतबार गर्न लागेको हो । आई–फेयरमा अन्तर्राष्ट्रिय परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई बहुमूल्य जानकारी एवं स्रोतहरूको बारेमा जानकारी पाउनेछन् ।

आई–फेयरमा विद्यार्थीहरूले निशुल्क प्रवेश गर्न सक्नेछन् । आई–फेयरमा सहभागीका लागि कुनै पनि शुल्क लगाइएको छैन । विद्यार्थीहरूले क्युआर स्क्यान गरेर आफै आफ्नो सहभागीताका लागि रजिस्ट्रेसन गर्न सक्ने जनाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत पन्तले भने, ‘हामी विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कार्यमा सफल हुन आवश्यक पर्ने ज्ञान र स्रोतहरूद्वारा सशक्त बनाउन प्रतिबद्ध छौँ । हामीले गर्न लागेको आई–फेयरलाई प्रत्यक्ष सम्बन्धित भाषाको प्रतिनिधिसँग जोड्ने काम गरेका छौँ । विद्यार्थीले प्रत्यक्ष जानकारी र सल्लाह प्रदान गर्न सक्नेछन् । आईइएलटीएस होस् या पीटीई सबैका प्रतिनिधिहरूलाई एकै ठाउँमा राखेर विद्यार्थीहरुलाई आवश्यक उनको आवश्यकता अनुसारको जानकारी पदान गरिने छ । अन्तर्राष्ट्रिय परीक्षाहरूको लागि तयारी गर्ने जो कोहीका लागि यो अमूल्य अवसर हो ।’

विद्यार्थीले भर्खरै परीक्षण तयारी यात्रा सुरु गरेकादेखि सोचमा रहेकालाई पनि अवसरको फाइदा उठाउन उनले आग्रह गरे ।

‘चाहे विद्यार्थीले भर्खरै परीक्षण तयारी यात्रा सुरु गर्दै गरेको होस् वा तयारी गर्ने सोचमा होस् । आईफेयरले सबैको लागि निशुल्क अवसर प्रदान गर्दै छ । हामी विद्यार्थी र अभिभावकहरूलाई सिक्न, नेटवर्क गर्न र आफ्नो क्षितिज विस्तार गर्ने यो अनौठो अवसरको फाइदा उठाउन प्रोत्साहन गरिरहेका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको