काठमाडौं : नेपाल विद्यार्थी संघको नीति अध्ययन तथा प्रशिक्षण विभागको संयोजकमा नारायण पाण्डे नियुक्त भएका छन् । साेमबार संघका केन्द्रीय सदस्य समेत रहेका नारायण पाण्डेलाई अध्यक्ष दुजाङ शेर्पाले मनोनयन गरेका हुन् ।  नेपाल विद्यार्थी संघको विधानमा व्यवस्था भएका बिभाग मध्ये यस विभागलाई निकै महत्वका साथ हेरिन्छ ।

स्याङ्जाका पाण्डे अस्कल क्याम्पसका पूर्व इकाई सचिव हुँदै नेविसंघ त्रिचन्द्र क्याम्पसको बिभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आइरहेका थिए । पाण्डेले संगठनले आफूलाई सुम्पिएकाे जिम्मेवारीमा खराे उत्रने प्रतिवद्दता जनाएका छन् ।  पाण्डेको मनोनयनले नेविसंघ थप गतिशील हुने र विधान बमोजिम अन्य विभागहरू यथा शीघ्र टुंगिने नेविसंघ प्रवक्ता सुरज सेजुवाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको