
काठमाडौं : सत्तारूढ दल नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुद्वारा आयोजित विद्यार्थी महोत्सव अन्तर्गत रोबोटिक वार प्रतियोगितामा नेपाल विद्यार्थी संघको टिम `बलियाे´ प्रथम भएकाे छ । बैशाख १ गते देखि काठमाडौँस्थित भृकुटी मण्डपमा अनेरास्ववियुले विद्यार्थी महोत्सव आयाेजना गरेकाे थियाे ।
साे अन्तर्गत रोबोटिक वार प्रतियोगितामा कांग्रेस निकट विद्यार्थी संगठ नेपाल विद्यार्थी संघको बलियो नाम गरेको टिमले जितेकाे हाे ।नेविसंघले भारतीय टिम डिस्ट्रकटरलाई फाईनलमा पराजित गरेकाे हाे ।