सत्ताको रोटी रैँदालो, दुई दलवीचको हठ र निरीह सभामुख: संसदमा गृहमन्त्रीलाई बोल्नै दिन्न भन्ने कांग्रेस र संसदीय छानविन समिति बनाउनै पर्दैन भन्ने रास्वपाको हठमा मलजल गरेर एमालेले खेल(परम्परागत राजनीति) जितीरहेको छ खाशमा संसद गिजोलिरहेको छ। प्रचण्ड त आखिर यस्तै अवस्था आईरहोस र सत्तास्वाद लिईरहुँ भन्नेमा उथलपुथलै गरिराछन।

कांग्रेस-रास्वपा आमने सामने गराएर एमालेले सत्ता,बजेट, विपक्षीको दोहोलो कडाई र निर्वाचनको चोैकोणात्मक लाभलाई मलजल गरिरहेको छ।

सत्ता विमुखको रनाहामा परेको कांग्रेसले समातेको एजेण्डा जनहितकारी छ, विपक्षी मोर्चाले स्वभाविक मलजल गर्नेनै भयो। जस्ले बोलिदियोस अपचलन भएको पैसा फिर्ता पाउनु पर्यो वचतकर्ताको सामान्य माग।

संसद हुन पनि सामान्यता विपक्षीकै हो।

विपक्षीहरुले संसदीय उग्रता,उदण्डता र अराजकताको अभ्यास गरे पनि त्यसलाई सुरक्षित बैठान गर्न सभामुखले सत्तारुढ दलका नेताहरु, प्रमुख प्रतिपक्षी दलका नेताहरु, विपक्षी दलका नेताहरुसंग बरोबर प्रत्यक्ष-अप्रत्यक्ष (ट्र्याक टु डिप्ल‍ोमेसी) अपनाएर सुरक्षित अवतरण गर्ने गर्दछन्। उनको निरन्तर प्रयासलाई खुला मिडीया र नागरिक समाजले सकारात्मक फैलाउँदै दवाबी वातावरण बनाईदिन्छन्।

समन्वयकारी, संसदीय मूल्य, मान्यता र अभ्यासका अब्बल अभ्यासकर्ता सभामुख नहुँदा संसदको उच्च शोभा कायम नहुँदो रहेछ। दलिय पृष्ठभूमिवाट आए पनि सभामुख वनि सके पछि सामान्यतया सभामुख साझा, संवैधानिक र विपक्षीमैत्री हुने चलन छ।

तुलनात्मक रुपमा दमननाथ ढुंगाना, सुभाष नेम्वाङहरुको संसदीय फाँटमा बढेको उचाई पनि त्यही कारणले हो। तर पछिल्लो अति दलिय कुराजनीतिको शिकार संवैधानिक दायित्वका हिसाबले अति विशिष्ठ मानिने पदहरुमा पर्न थालेको छ। जसका कारण राष्ट्रिय सभामा आएका गणेशप्रसाद तिम्सिना कार्यकाल सकिएपछि ओझेल परे, जसरी ओनसरी घर्तीले सभामुख वनि सके पछि आफ्नो उचाई फैलाउन सक्नु भएन।

दलिय दादागिरी र दबदबालाई मलजल गर्न अति दलियवादीहरु संवैधानिक निकायमा ब्यवस्थापन गर्न थालिए पछि हुने नै त्यस्तै हो आखिर कुतीको बाटोवाट कतार पुगिन्न।

मेरो विश्वास सुभाष नेम्वाङ र दमननाथ ढुंगानाको सभामुखत्वमा भए रबी लामिछानेलाई यतीवेला सम्म संसदमा आफ्नो कुरा राख्न दिईसकिन्थ्यो। अर्थात त्यसका लागि सभामुखले अपनाउने ट्रयाक टु डिप्लोमेसीको अब्बल अभ्यास नेम्वाङ वा ढुंगानाले गरिसक्थे। पदको गरिमा ब्यक्तिले भन्दा ब्यक्तित्वले राख्न सक्छ।

मिसीङ सुभाष नेम्वाङ अलट।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको