
सुरुवातमै प्रष्ट पार्न चाहन्छु की गगन थापा भए रहेको पार्टीसँग मेरो दुरदराजको साइनो छैन र हुने पनि छैन। कुनै बेला जीवनले नयाँ मोड लिइएछ र नेपालको राजनीतिमा सक्रिय रुपमा लाग्ने निर्णय लिइएछ भने गगन थापा नेतृत्वको दल कमसेकम म आवद्ध हुने दलको प्रतिष्पर्धी दल हुनेछ। यद्यपि यो सत्यताकोबिचमा पनि एउटा अकाट्य सत्य के हो भने हालको नेपाली राजनीतिमा अध्यन अनुसन्धान र अनुभव मिश्रित व्यक्तित्वसहितको युवा नेता गगन थापा हाल राजनीतिमा भए रहेकाहरु मध्य अग्रस्थानमा छन्।
उनको बोलिहरुमा अक्सर तथ्य मिसिएको हुन्छ। उनि अनावश्यक गालि गलौजमा उत्रिने गर्दैनन् तर, सम्मानार्थी शब्द र तथ्यसहितको तर्क गर्दै आवश्यक आलोचना गर्न पनि छोडदैनन्। अनि सबैभन्दा महत्वपूर्ण कुरा उनि गल्ति भएको छ भन्ने पुष्टि हुँदा वा स्वज्ञान प्राप्त हुँदा त्यसलाई ढाक्ने भन्दा पनि नुलुकाई स्वीकार गर्नेमा विश्वास राख्छन्।
उनि आफ्नो जिम्मेवारीमा सफल रहन आफुसहितको सुयोग्य पात्रहरु अर्थात सम्वन्धित विषय विज्ञहरुलाई राखेर आवश्यक अध्यन अनुसन्धानसहितको योजना निर्माण गर्दै त्यसलाइ कार्यान्वयनमा जान्छन्। उनि नेपाली कांग्रेस पार्टी भित्र व्याप्त जडतालाई तोडेर त्यस पार्टीलाई एक जिम्मेवार उत्तरदायी र जनमुखी एजेन्डामा केन्द्रित पार्टी बनाउन संघर्ष गर्दैछन् हो ? व्यवस्था बदल्न सफल गगन आफ्नै पार्टीको अवस्था बदल्न सफल भैसकेका छैनन्। तर, पनि उनी अविचलित रुपमा लागिरहेका छन्।
एक जिम्मेवार र नैतिकतासहितको प्रतिष्पर्धीको रुपमा कांग्रेसलाई मान्न सक्ने अवस्थाको निर्माण तिनै गगन थापाकै सोचको कार्यान्वयनले मात्रै सम्भव छ। त्यसैले हाललाई यति मात्रै भनौँ होला की सहकारी ठगी अनुसन्धान हुने हो भने आफ्नो गफाडी राजनीतिमा कडा ब्रेक लाग्ने डरले अत्तालिएर रवि लामिछानेले बेतुके चुनौती दिए भन्दैमा गगन थापालाई रवि लामिछानेसँग तुलना गर्ने हतारो कमसेकम अहिले नगरौँ।
यो पनि भन्न सकिन्न कि गगन स्वयमले भने अनुसारको बाँकी दश वर्षीय उनको राजनीतिक जीवनकालमै उनले आफ्नै पार्टीको जड तोडेर उनले आफुले सोचेको जस्तो कांग्रेस बनाउन सक्लान वा नसक्लान्। तर यति जरुर भन्न सकिन्छ कि जेसुकै हुँदा पनि एउटा सत्य अव बदलिने छैन त्यो के भने भविष्यको कुनै काल खण्डमा नेपाली कांग्रेस जनताले सोचे जस्तो सुसंस्कृत जनमुखी पार्टी बनेछ भने त्यस्तो कांग्रेसको परिकल्पनाकारको रुपमा इतिहासले गगन थापालाइ सम्झने छ। कसरी ? त्यसैगरि जसरि प्रजातन्त्र र निरंकुशताको लडाई चल्दै गर्दा नै संसार छोडेर गएको भए पनि आज पनि हामी विशेस्वर प्रसाद कोइरालालाई प्रजातन्त्र स्थापनाको हस्तीको रुपमा स्मरण गर्छौं। त्यसो भनेर फेरी मैले गगन थापाको जीवनकालमा वा उनको सक्रिय राजनीतिक जीवनमा कांग्रेस रुपान्तरण हुने छैन भन्न खोजेको हैन बरु भन्न खोजेको के हो भने त्यस पार्टीका मान्छेले कांग्रेस हुनुमा गर्व गर्न सक्ने र हामि जस्ता कांग्रेस पार्टीमा आवद्ध हुँदै नहुनेले चाहिँ एक जिम्मेवार र नैतिकतासहितको प्रतिष्पर्धीको रुपमा कांग्रेसलाई मान्न सक्ने अवस्थाको निर्माण तिनै गगन थापाकै सोचको कार्यान्वयनले मात्रै सम्भव छ। त्यसैले हाललाई यति मात्रै भनौँ होला की सहकारी ठगी अनुसन्धान हुने हो भने आफ्नो गफाडी राजनीतिमा कडा ब्रेक लाग्ने डरले अत्तालिएर रवि लामिछानेले बेतुके चुनौती दिए भन्दैमा गगन थापालाई रवि लामिछानेसँग तुलना गर्ने हतारो कमसेकम अहिले नगरौँ।
रवि लामिछाने लाइ शुभकामना आफ्ना बोलि र व्यवाहारलाइ एक बनाउँदै, थप परिष्कृत हुँदै आफुलाई सबल र सफल तुल्याउनुस्। यद्यपि त्यसो गर्दै अगाडी बढ्दा पनि ज्ञान र अनुभवले गगन थापा आज भए रहेको ठाउँमा पुग्न रवि लामिछानेलाइ कमसेकम डेढ दशक लाग्नेछ किन कि गगन थापा कुनै चटक बाट नभई एक सुसंस्कृत राजनीतिको अप्ठेरा खुडकिलोहरु चढदै यहाँ पुगेका अनुकरणीय पात्र हुन्।
(राधाकृष्ण देउजाको फेसबुकबाट साभार)