काठमाडौं : कानून दिवसको अवसर पारेर नेशनल ल कलेजमा आवबाट कानून महाेत्सव शुरू हुने भएकाेछ । विद्यार्थी कल्याण परिषदले भव्य कानून महोत्सव आयोजना गर्न लागेको परिषद्का अध्यक्ष रिजननरसिंह केसीले बताए ।

कार्यक्रमको उद्देश्य कानूनका प्राध्यापक, कानूनका अध्येता र सम्पूर्ण न्यायक्षेत्रसँग सम्बन्धित कानुन व्यवसायी, सरकारी वकिल, न्यायाधीशहरु लगायतका न्यायप्रेमीहरुलाई एउटै मन्चमा ल्याउने र त्यस अवसरलाई विद्यार्थीहरुको लागी कानूनी ज्ञान हासिल गर्ने सुअवसर बनाउने रहेको केसीकाे भनाई छ । कार्यक्रममा नेपालमै पहिलो पटक लिगल ह्याकाथन, एआई विथ ल कन्फ्रेन्स लगायत विभिन्न कानूनी विषयहरुमा छलफल हुनेछ । आजबाट शुरू हुने महाेत्सव एक साता चल्नेछ ।

कानुन दिवसको दिन इकमर्श बिलमा नेपाल मै पहिलोपटक लिगल ह्याकाथन हुनेछ । जहाँ उत्कृष्ट टिमलाई १० हजार, ट्रफी र मेडल, दाेस्राे हुनेलाई ३ हजार पुरस्कार राखिएकाे छ भने तीन उत्कृष्ट टिमहरुले सांसदहरु संग ३ महिना इन्टर्नसीप गर्न पाउने परिषद् अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर