मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला। घरमा अतिथिको आगमन हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दैनिक कार्यमा प्रगति हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निराशा र शरीरमा आलस्य आउला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। शुभारम्भको चर्चा चल्नेछ। दैनिक कार्यमा सफलता पाइनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। शेयर बजारले पनि साथ दिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। समाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घर व्यवहारमा झमेला रहला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा खराबी रहला। आर्थिक कारोबारमा मन्दी आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, बढी सचेत रहनु होला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वैदेशिक कार्यबाट बढी लाभ र सफलता पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा पनि चल्नेछ।



