काठमाडौं : नेविसंघले शैक्षिक सुधारका विभिन्न मागसहितकाे १७ बुँँदे ज्ञापनपत्र नागार्जुन नगरपालिकाका पनि बुझाएकाे छ । नेविसंघका केन्द्रीय प्रतिनिधि प्रविण घिमिरेले मेयर माेहन बस्नेतलाए संघकाेतर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । आज देशका ७५३ पालिकामै ज्ञापनपत्र बुझाउने नेविसंघको केन्द्रीय समितिले तय गरेकाे कार्यक्रम हाे ।

`नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभुत र माध्यमिक तहसम्मको बिद्यालय शिक्षाको गुणस्तर अभिवृद्दी एवं उन्नयन गर्ने मुल उदेश्य अन्तर्गत नागार्जुन न.पा.काठमाडौका नगर प्रमुख आदरणीय दाइ मोहन बहादुर बस्नेत ज्यु समक्ष नगरभित्रको वर्तमान शैक्षिक अवस्थाको अनुगमन,अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेविसंघ केन्द्रिय समितिले उठाएका मागका सम्बन्धमा ज्ञापन पत्र बुझाएका छाैं,´ घिमिरेले भने ।

प्रवीण घिमिरे
नेविसंघ केन्द्रिय समिती सदस्य

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको