काठमाडौं । स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ।

नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ। यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ।

तर, १८ वर्ष मुनिका युवाले लिङ्ग परिवर्तन प्रक्रिया सुरु गर्नुअघि परिवारका सदस्य, चिकित्सक र राष्ट्रिय स्वास्थ्य तथा कल्याण बोर्डको स्वीकृति लिनुपर्नेछ।

बुधबार स्वीडेनको संसदमा यस कानूनमाथि मतदान नै भएको थियो। जसमा २३४ सांसदले कानूनको पक्षमा मतदान गरेका छन्। जसमा ९४ सांसदले विपक्षमा मतदान गर्दा २१ सांसद भने मतदान प्रक्रियामै सामेल भएनन्।

स्विडेनी सरकारका उदारवादी नेताहरू र दलहरूले यो कानूनलाई समर्थन गरिरहेका छन् भने केही क्रिश्चियन डेमोक्र्याटहरूले यसको विरोध गरिरहेका छन्। स्वीडेनको दक्षिणपन्थी पार्टी मानिने स्वीडेन डेमोक्र्याटले पनि कानूनको विरोध गरेको छ। यो पार्टी सरकारलाई समर्थन गर्छ तर सरकारको पक्षमा छैन।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको