काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि हुँदा पनि कुनै कारवाही नगरेर कानुनी राज्यकाे धज्जी उडाइएकाे बताएका छन् । शेर्पाले हुलाकपाेस्टसँग कुरा गर्दै सकहकारी अनियमिततामा जाेडिएका लामिछानेलाई जाेगाउन सत्तागठबन्धन लगिरहेकाे आराेप पनि लगाए ।

`मिडिया क्षेत्र र प्रतिपक्षीमा हुँदा शक्ति दुरुपयोगको विरुद्ध चिच्याइ चिच्याइ नारा लगाउने रवि र उनको दल रास्वपाको मौनताले हिपोक्रेसिको हद नाघेको छ,´ उनले भने,`मन्त्री पद नै जाने डरले संसदीय छानवीन समिती बाट भागेकाहरु संसद अधिवेशन अन्त्य भएर त मख्ख छन तर आम जनता र न्यायप्रेमीहरुबाट भाग्ने ठाउँ कतै छैन |´

नेविसंघले सहकारी अनियमितताकाे विषयमा छानविन माग गर्दै गृहमन्त्रीको राजीनामाकाे माग राख्दै आएकाे छ । सुर्यदरेशन सहकारीदेखि सुप्रिम सहकारीसम्ममा लामिछानेकाे संलग्नता पुष्टि हुँदा आफूहरूकाे माग जायज रहेकाे पुष्टि भएकाे पनि शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको