काठमाडौं : नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो ५५ औं स्थापना दिवसको अवसर पारि ७५३ स्थानीय पालिकामा प्रतिनिधि खटाएको छ ।  वैशाख ३ गते परिपत्र जारी गर्दै  संघले केन्द्रीय सदस्य, स्व.वि.यु सभापति, एव विभिन्न इकाई सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि १/१ जना केन्द्रीय प्रतिनिधि तोकेको हो ।

संघले अनलाइन फारम मार्फत प्रतिनिधि जान चाहेको पालिका छनोट गर्न परिपत्र जारि गरेको थियो भने बैसाख ४ गते केन्द्रीय प्रतिन्धि संग जुममार्फत अन्तरकृया गर्ने कार्यक्रम तय गरेको छ ।
गत चैत्र २२ गते त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकमा भएका २४ निर्णय मध्य निर्णय नं २१ को पूर्ण कार्यान्वयन गर्न एवं विद्यालयमा अध्ययनरत विद्यार्थीका साझा समस्या समाधान गर्न नेपालको संघिय संरचना अनुरुप ७५३ वटै पालिका स्थित विद्यालयहरुको बर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्यायन अनुसन्धान गरी स्थानीय सरकारलाई नेपाल विद्यार्थी संघको स्थापना दिवस २०८१ शाल बैशाख ६ गते एकै दिन, एकै साथ सुझाब एव माग सहित ज्ञापन पत्र बुझाउने कार्यतालिका सार्वजनिक गरेको छ।

यस अभियानले नेपालको आधारभूत र माध्यामिक तह सम्मको बिद्यालय शिक्षाको बर्तमान अवस्थाको अध्ययन तथा गुणस्तर अभिबृद्धि एव उन्नयन गर्न र ७५३ वटै पालिकाका आधारभूत र माध्यामिक बिद्यालय तहमा देखिएका साझा समस्या समाधान खोज्न प्रयत्न गर्ने बिस्वास ने.बि.संघ केन्द्रिय सदस्य नारायण पाण्डे बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको