काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नै सर्बोच्च अदालतले दिने जसरि फैसला सुनाउनु अनि गृहमन्त्रीकाे अगाडि आईजिपिलाई राखेर उहाँ निर्दाेस भन्न लगाउनु कन्फिट अफ ईन्ट्रेस्ट नभएर के हाे  ? भन्दै  प्रधानमन्त्री लाई प्रश्न गरेका छन्  । कांग्रेसलाई राम्रोसँग संसदिय अभ्यास थाहा छ भन्दै उनले सहकारी प्रकरणमा कांग्रेस प्रस्ट रहेकाले ससद अवराेध जारि रहने बताए ।नेता सिंहले सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले उनले राजीनामा दिनुपर्ने बताएका छन् ।उनले राजनीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै प्रधानमन्त्री लाई प्रस्न गर्नु उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए ।

सहकारीको रकम अपचलनको विषयमा जोमाथि शंका भइरहेको छ, उहि हाकिम भएर बस्न मिल्छ र ?’ बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘शंका उठिसकेकाले छानबिन गर्नुपर्‍यो नि त ।’कांग्रेस लाई अरु पार्टीले संसदीय पाठ नसिकाउन समेत चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको