काठमाडौ : गैरआवासीय नेपाली संघ ( एनआरएनए) का पूर्वसल्लाहकार हरिबाेल भण्डारीले एनआरएनका बारेमा सर्वाेच्च अदालतले गरेकाे फैसलाकाे स्वागत गरेका छन् । आज फेसबुकमा स्टाटस लेख्दै उनले फैसलाकाे स्वागत गर्दै एनआरएनहरूलाई एकतावद्द हुन पनि अपिल गरेका छन् ।
`नेपाल र नेपालको संबिधानले हामीलाई गैरआवासीय नेपालीका रुपमा चिन्दछ । बाध्यता, रहर या परिस्थितिले हामी देश बाहिर छौं तर हामी मातृभूमी नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुको हितमा प्रतिवद्ध छौं ´, भण्डारीले लेखेका छन्,`सर्वोच्च अदातलले गैरआवासीय नेपाली संघको बारेमा एउटा निर्णय गरेको छ । उक्त निर्णयलाई स्वागत गर्दै, विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीको पक्षमा एकतावद्ध भएर लागौं । ´भण्डारीले फेसबुकमा लेखेका छन् –

जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी !

सर्वप्रथम हामी सबै गैरआवासीय नेपालीहरु हौं ! पेशाले हामी कोही डाक्टर छौं, कोही पाइलट छौं, व्यापारी छौं, बिधार्थी छौं या बिभिन्न पेशामा सम्वद्द छौं । जुन सुकै पेशा व्यवसायमा भएपनि हामी देश बाहिर रहेका सबै गैरआवासीय नेपालीहरु हौं ।

नेपाल र नेपालको संबिधानले हामीलाई गैरआवासीय नेपालीका रुपमा चिन्दछ । बाध्यता, रहर या परिस्थितिले हामी देश बाहिर छौं तर हामी मातृभूमी नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुको हितमा प्रतिवद्ध छौं ।

सर्वोच्च अदातलले गैरआवासीय नेपाली संघको बारेमा एउटा निर्णय गरेको छ । उक्त निर्णयलाई स्वागत गर्दै, विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीको पक्षमा एकतावद्ध भएर लागौं ।

जय नेपाल । जय एनआरएनए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको