मिति २०८०/१२/१९ गते ।।
उपत्यकामा आज हुने कार्यक्रमहरू ।।

१.अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- ८:०० बजे ।

२.नेकपा (माओवादी केन्द्र) निकट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कर्मचारी संगठनले राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय समितिको पोखरा प्राविधिक शिक्षालय, पोखरामा सम्पन्न केन्द्रिय समितिको चौथो पूर्ण बैठकको निर्णय अनुसार पाँच बुंदे मागहरू राख्दै कार्यालय समय भरी पेन डाउन तथा कालो ब्यानर सहित धर्ना कार्यक्रम गर्ने ।
स्थान :- प्राविधिक शिक्षा तथा व्यवसाहिक तालिम परिषद (CTEVT) को प्राङ्गण, सानोथिमी ।
समय :- १०:०० बजे ।

३.संसदीय सुनुवाइ समितिको बैठक बस्ने ।
स्थान :- शंकर हल, संघीय संसद भवन, नयाँ बानेश्वर ।
समय :- १०:३० बजे ।

४.संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने ।
स्थान :- संघीय संसद भवन, नयाँ बानेश्वर ।
समय :- ११:०० बजे ।

५.संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- ११:०० बजे ।

६.उपप्रधानमन्त्री एवं परराष्ट्रन्त्री नारायणकाजी श्रेष्ठले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ताका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने ।
स्थान :- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष ।
समय :- ११:०० बजे ।

७.नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय महाधिवेशन मस्यौदा समितीको बैठक बस्ने ।
स्थान :- पार्टी कार्यालय, आलोकनगर ।
समय :- ११:०० बजे ।

८.नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले महासचिव विप्लवको प्रमुख आतिथ्यतामा “सहिद-गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा सहिद परिवार सम्मान” कार्यक्रम गर्ने ।
स्थान :- पारिजात सभाकक्ष, प्रज्ञाभवन, कमलादी ।
समय :- ११:३० बजे ।

९.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने ।
स्थान :- सिभिल सर्भिस अस्पताल, मिनभवन ।
समय :- १३:०० बजे ।

१०.भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा ६७ औं राष्ट्रिय सहकारी दिवस विशेष समारोह कार्यक्रम हुने ।
स्थान :- राष्ट्रिय सहकारी महासंघको सभा हल, पुल्चोक, ललितपुर ।
समय :- १३:०० बजे ।

११.राप्रपा काठमाडौं महानगरपालिका वडा नं. ३१ को वडा स्तरीय कोणसभा कार्यक्रम हुने ।
स्थान :- कात्यायनी चोक ।
समय :- १६:०० बजे ।

१२.बिबेकशिल साझा पार्टीका बिजयवाबु शिवाकोटी लगायतले माइतीघर मण्डला को निशेधआज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राखि प्लेकार्ड प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १६:३० बजे ।

१३.राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको नागरिक मिटर ब्याज तथा पीडित कृषक विभागले फागुन २२ गते १४:०० बजे देखि तिनकुने चौरमा विभिन्न माग राखि बसेको अनिश्चित कालिन रिले अनसन कार्यक्रम यथावत ।

१४.लघुवित्त तथा वित्तीय संस्थाको शोषण बिरुद्ध संघर्ष समिति फागुन १ गते देखि मुङ्लिन बाट पैदल आई फागुन ६ गते बाट भण्डारखाल र फागुन २० गते बाट थापाथली चेसपार्कमा बसेकोमा फागुन २८ गते देखि पुन भण्डारखालको खालि पार्किङमा बसेको (चैत्र २ गते सरकार संग सहमति भएपनि अझै केही दिन सोही स्थानमा बसि धर्ना दिने) ।

१५.शान्तिवाटिकामा विभिन्न मिति देखि बसि फागुन ४ गते देखि भृकुटी मण्डपमा सरेको पीडित आरती रावल गिरि र तेल बहादुर घले लगायतको धर्ना कार्यक्रम जारी

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको