काठमाडौं : नेपाल विद्यार्थी संघले उत्तरपुस्तिका हराउनेलाई कारवाहीकाे माग गरेकाे छ । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ विषयको नतिजा आइसक्नु पर्ने बेला उत्तर पुस्तिका हराएको समाचार आएकाे भन्दै नेविसंघ दाेषीमाथि कारवाहीकाे माग गर्दै आन्दोलनमा उत्रिएकाे हाे । नेविसंघले शिक्षामन्त्री सुमना श्रेष्ठलाई ध्यानाकर्षण गराउँदै डियर सुमना एकनजर यता पनि लेखिएकाे प्लेकार्ड प्रदर्शन पनि गरेकाे छ ।
नेविसंघ केन्द्रीय सदस्य करूणाासागर सिग्देलले भने, `उत्तर पुस्तिका हराएको समाचार आउनुले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय तथा अन्य सम्बद्धको गैरजिम्मेवारीपन छर्लङ्ग पारेको छ। घटना घटेको यति लामो समय सम्म पनि दोषी माथि छानबिन र कारबाही नहुनु अत्यन्तै दुःखद कुरा हो।´ उनले रजिस्टार र रेक्टर नियुक्तिका लागि छनोट प्रक्रिया पारदर्शी नभएको विषय प्रति नेविसंघकाे गम्भीर ध्यानाकर्षण भएको बताए ।

हराएका उत्तर पुस्तिका,रजिस्टार र रेक्टर नियुक्तिमा देखिएको अपारदर्शीता विरुद्ध विद्यार्थीको न्याय, उपकुलपतिको जबाफदेहिता र दोषी उपर कारबाही माग सहित नेबिसंघ केन्द्रीय क्याम्पसमा आन्दोलनमा उत्रिएकाे हाे ।
काठमाडौं : नेपाल विद्यार्थी संघले उत्तरपुस्तिका हराउनेलाई कारवाहीकाे माग गरेकाे छ । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ विषयको नतिजा आइसक्नु पर्ने बेला उत्तर पुस्तिका हराएको समाचार आएकाे भन्दै नेविसंघ दाेषीमाथि कारवाहीकाे माग गर्दै आन्दोलनमा उत्रिएकाे हाे ।
नेविसंघ केन्द्रीय सदस्य करूणाासागर सिग्देलले भने, `उत्तर पुस्तिका हराएको समाचार आउनुले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय तथा अन्य सम्बद्धको गैरजिम्मेवारीपन छर्लङ्ग पारेको छ। घटना घटेको यति लामो समय सम्म पनि दोषी माथि छानबिन र कारबाही नहुनु अत्यन्तै दुःखद कुरा हो।´ उनले रजिस्टार र रेक्टर नियुक्तिका लागि छनोट प्रक्रिया पारदर्शी नभएको विषय प्रति नेविसंघकाे गम्भीर ध्यानाकर्षण भएको बताए ।

हराएका उत्तर पुस्तिका,रजिस्टार र रेक्टर नियुक्तिमा देखिएको अपारदर्शीता विरुद्ध विद्यार्थीको न्याय, उपकुलपतिको जबाफदेहिता र दोषी उपर कारबाही माग सहित नेबिसंघ केन्द्रीय क्याम्पसमा आन्दोलनमा उत्रिएकाे हाे ।
( शुरूकाे तस्विर देशसञ्चारबाट साभार)