काठमाडौं । लजिस्टिक सेवा प्रदायक कम्पनी नेपाल क्यान मुभ प्रालि (एनसीएम) सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय कोटेश्वरले आफ्नो कार्यक्षेत्रभित्र आर्थिक वर्ष २०८१र८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै कम्पनीलाई सम्मान गरेको हो । कार्यालयले सोमबार कम्पनीलाई सम्मानपत्र प्रदान गरेको छ ।
सम्मानपत्रमा कर दाखिलामार्फत राष्ट्रिय विकासमा पुर्याएको योगदानको कदर गरिएको उल्लेख छ । सम्मानपत्र ग्रहण गर्दै कम्पनीका कार्यकारी निर्देशक गंगाबहादुर थापाले सरकारी सम्मानले कम्पनीलाई थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताए । उनले आगामी दिनमा देशभर सबैभन्दा बढी कर तिर्ने कम्पनीमध्ये उत्कृष्ट १०० भित्र पर्ने लक्ष्य रहेको जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालय कोटेश्वरका प्रमुख कर अधिकृत नारायणप्रसाद रेग्मीले व्यवसाय सञ्चालनका क्रममा चुनौती भए पनि कर योगदान गर्ने संस्थालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।

