काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेको कमिकमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउनका लागि भूमिका निरवाह गर्न नेविसंघलाई सुझाव दिनुभएको छ ।

नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवम् विद्यालय शिक्षा विधेयक सम्बन्धि सचेतना सभालाई सम्बोधन गर्दै उहाँले परिवर्तित समयअनुसार नेविसंघको भूमिका परिष्कृत हुनपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेविसंघका गतिविधि शिक्षा क्षेत्र, अभिभावक र विद्यार्थी सबैले रूचाउने ढँगले अगाडी बढाउन पनि नेविसंघ नेतृत्वलाई सुझाव दिनुभयो ।

‘अहिलेको परिवर्तित समयमा नेविसंघले विद्यार्थीका मुद्दा राम्रोसँग पहिचान गरेर सम्बोधन गर्नतर्फ लाग्नुपर्छ । शिक्षामा कमिकमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउन नेविसंघले काम गरोस्,’ उहाँले भन्नुभयो । शिक्षा क्षेत्रलाई राम्रोसँग अघि बढाउँदा समाज गतिशिल हुने भन्दै शैक्षिक सुधारमा जोड दिनुभयो । नेविसंघ काठमाडौंका पूर्वअध्यक्ष समेत रहिसकेका सिंहले नविसंघको महाधिवेशन नजिकिएको भन्दै उपयुक्त व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनका लागि अहिलेबाटै लाग्न पनि विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।

उहाँले संसदमा शिक्षा विधेयक प्रक्रियामा रहेको र यसले शिक्षामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभागका प्रमुख नैनसिंह महरले नेविसंघले विगतमा खेलेको भूमिकाको चर्चा गर्दै नेविसंघलाई गतिशिल बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेविसंघ काठमाडौं जिल्लाका पूर्वअध्यक्षहरलाई सम्मान पनि गरिएको नेविसंघ काठमाडौंका अध्यक्ष अंशुल केसीले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर