काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरवारभित्र निमाृणाधिन संघीय संसद भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरि काम भइरहेको बताउनुभएको छ । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा शुत्रबार भएको छलफलका त्रःममा उहाँले समयमा काम नसक्ने कन्ट्राक्टरप्रति मन्त्रालय निर्मम हुने पनि बताउनुभयो ।

 

समितिमा समिति सदस्यहरुले उठाएका जिज्ञासामा जवाफ दिनुहुँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा बेपर्वाह नगर्न सरोकारवालाहरलाई पटक पटक ध्यानाकर्षण गराइसकेको जानकारी दिनुभयो । थप भएको अवधिभित्रै काम सक्ने विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय र विभागबाट अनुगमन भइरहेको उहाँले बताउनुभयो।

 

‘नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार छौं । तोकिएको समयमा काम नगर्नेहरु मनत्रालयले कडाइ गरिरहेको छ । कीर्तिपुर क्रिकेट स्टेडिममा जरिवाना लगाएर। काम भइरहेको छ । संसद भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ । सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अव दोहोरिन नदिने गरी काम गरिररहेको छ ,’ उहाँले भन्नुभयो । काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको पनि सिंहले बताउनुभयो ।

 

मन्त्रालयका सचिव गोपाल सिग्देलले पुस दोस्रो साता काम सम्पन्न गरिसक्ने गरि कार्यतालिका बनाएर कन्ट्राक्टरले काम गरिररहेको भनदै समितिमा तालिका प्रस्तुत गर्नुभएको थियो । आउने अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन गर्ने गरि काम अघि बढेको भन्दै तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । समिति सदस्यहरुले आउने अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने गरि काम सक्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको