काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर काेइराला समुहले अनुशासनकाे कारवाहीलाए नमान्ने निष्कर्ष  निकालेकाे छ । काेइरालाकाे सम्पर्क कार्यालय बालुवाटारमा बसेकाे समुहकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरुलाई कारबाही गरेपछि कांग्रेस नेता डा शेखर कोइरालाले आज आफ्नो सम्पर्क कार्यलयमा समुहको बैठक बोलाएका थिए । बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरु र महामन्त्रीहरुका बिच अहिले अनुशासन समितिको फाईल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि बिज्ञप्ती निकालेर कारबाही गरिएको बताए ।

बैठककाे निष्कर्ष के छ ? 
कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने । कारबाही बिधान बिपरित र एकातर्फी भएको । शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने । राजनीतिरुपमा यसलाई शसक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर