काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्नेमा जाेड दिनुभएकाे छ । नेपाली कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमन आज आफ्नाे धारणा राख्ने क्रममा उहाँले कांग्रेसकाे संगठनलाई बलियाे बनाए मात्रै हालसम्मका संघर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने बताउनुभयाे ।

`पार्टीको संगठन राम्राे बनाउनेमा लाग्नुपर्छ । कांग्रेस वेल मेनेज भयाे भने प्राप्त उपलब्धीहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन् ।
एकले अर्काेकाे दाेष देख्ने प्रवृत्तिले संगठन बलियाे हुँदैन,´ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले भन्नुभयाे । त्यस्तै उहाँले
कांग्रेसकाे मूल नीतिमा रहेर समयअनुसार पार्टीकाे रणनीति बनाउनुपर्ने पनि धारणा राख्नुभयाे । कांग्रेस नेता सिंहले पार्टीको महाधिवेशनकाे मिति नजिक आइसकेकाे भन्दै महाधिवेशनका लागि आवश्यक जे प्रकियाहरू छन् ती छिटै पूरा गर्नुपर्ने बताउनुभयाे ।

त्यस्तै बैठकमा कांग्रेसकातर्फबाट नेतृत्व गरेर सरकारमा रहनुभएका, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहनुभएका सिंहले सरकारकाे कामकारबाही, बजेटलगायतका विषयमा पनि प्रष्ट पार्नुभएकाे थियाे । साे क्रममा उहाँले सरकारमा रहेर चाहनाअनुसार काम गरिरहेकाे भन्दै आफूले सम्हालेकाे मन्त्रालयबाट भएका नीतिगत र विकासका कामकाे फेहरिस्त प्रस्तुत गर्नुभएकाे थियाे ।
`जनताकाे चाहना पूरा गर्न राजनीति स्थिरता जरूरी छ । राजनीतिक स्थिरताविना आर्थिक समृद्धि र विकासकाे जनचाहना पूरा हुन सम्भव नै छैन ,´ नेता सिंहले भन्नुभयाे,`हाम्राे सभापतिजीले राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेकाे छ । त्यसलाई नै अगाडि बढाउनुपर्छ ।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर