काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक काेइरालाले
धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन् । कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा उनले यस्ताे प्रस्ताव गरेका हुन् ।
`सरकार बन्दा संविधान संशाेधन गर्ने भनिएकाे थियाे । पहिलाे संशाेधन यहीँबाट गराैै । धर्म निरपेक्षता संशाेधन गरेर धार्मिक स्वतन्त्रता लेखाैं,´ उनकाे भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।



