हेटाैडा : बागमती प्रदेशका सांसद रामकुमार पहाडीले नयाँ पत्रिका दैनिककाे समाचार भ्रामक भन्दै खण्डन गरेका छन् । उनले पत्रिकाले आफ्नाे नाम दुरूपयाेग गर्दै हुँदै नभएकाे विषयमा समाचार बनाएकाे भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

नयाँ पत्रिका दैनिकका मकवानपुर संवाददाता परिचालित भएकाे पनि उनले आशंका व्यक्त गर्दै पत्रिकाका सम्पादककाे ध्यानाकर्षण समेत गराएका छन् । `बैठकमा माननीयहरूले मन्त्रीज्युलाई लगाएकाे आराेप भनी प्रकासित समचार मनगढन्ते, भ्रामक, कपाेलकल्पित, दुरासयपूर्ण र अनर्गल भएकाे व्यहाेरा अवगत गराउन चाहन्छु ´, उनले फेसबुकमा लेखेका छन्,`नयाँ पत्रिकाले मकवानपुर संवाददाताकाे अनलाईनमा श्रृङखलावद्द रूपमा प्रकासित काल्पनिक र भ्रमपूर्ण समचारले पत्रिकाकाे विश्वनियता माथि नै गम्भीर प्रश्न खडा गरेकाे छ । रिपोर्टर कतैबाट परिचालित त छैनन भन्ने आशंका उब्जाएकाे छ । आफ्नाे संवाददाताले पठाएकाे समचारकाे पुन:परिक्षण गर्नका लागि पनि सम्पादककाे ध्यानाकर्षण गराउन चाहन्छु ।´

यस्ताे छ पहाडीकाे भनाइ

नयाँ पत्रिका दैनिकमा बागमती प्रदेशकाे आ. व. २०८२/०८३ काे बजेटका सन्दर्भलाई लिएर कपाेलकल्पित, भ्रामक र दुराग्रहपूर्ण समचार प्रकासित भएकाेमा आश्चर्यचकित भएकाे छु । ने. कां संसदीय दलकाे बैठकमा माननीय मन्त्री कुन्दनराज काफ्ले माथि आराेप लगाएकाे भन्दै मेराे नाम समेत उल्लेख गरेर प्रकाशित समचारका प्रति मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ । उक्त समाचारका लेखिएका कुराहरू आपत्तिजनक छन । ती समचारमा कुनै सत्यता नभएकाे कुरा आम पाठकहरूलाई जानकारी गराउन चाहन्छु । सत्यता प्रमाणित गर्न सम्बन्धित पत्रिकालाई चुनाैति समेत दिन्छु ।

बैठकमा माननीयहरूले मन्त्रीज्युलाई लगाएकाे आराेप भनी प्रकासित समचार मनगढन्ते, भ्रामक, कपाेलकल्पित, दुरासयपूर्ण र अनर्गल भएकाे व्यहाेरा अवगत गराउन चाहन्छु ।नयाँ पत्रिकाले मकवानपुर संवाददाताकाे बाइलाईनमा श्रृङखलावद्द रूपमा प्रकासित काल्पनिक र भ्रमपूर्ण समचारले पत्रिकाकाे विश्वनियता माथि नै गम्भीर प्रश्न खडा गरेकाे छ । रिपोर्टर कतैबाट परिचालित त छैनन भन्ने आशंका उब्जाएकाे छ । आफ्नाे संवाददाताले पठाएकाे समचारकाे पुन:परिक्षण गर्नका लागि पनि सम्पादककाे ध्यानाकर्षण गराउन चाहन्छु । निरन्तर रूपमा हामी समेतकाे नाम दुरुपयोग गर्द‌ै प्रकाशित भैरहेकाे समाचारले समाजमा सिर्जना गरेको भ्रमकाे जिम्मेवार पत्रिका स्वयम् हुनु पर्ने छ । आम जन समुदायलाई यस्ता भ्रमपूर्ण, काल्पनिक र कपाेलकल्पित समचारमा विश्वास नगर्न म हार्दिक अपित गर्न चाहन्छु । साथै पत्रिकाले आज प्रकासित झुठ समचारकाे यथाशीघ्र खण्डन गराेस । अन्यथा यस्ता झुठ समचार प्रकासित गरि हाम्राे चरित्र हत्या गर्ने पत्रिका माथि कानुनी उपचारमा जानेे जानकारी समेत गराउदछु ।

मा. राम कुमार पहाडी

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर