काठमाडाैँ। स्पेनिस महारथी रियल मड्रिड समूह विजेता बन्दै जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
शुक्रबार बिहान सम्पन्न समूह ‘एच’ को अन्तिम खेलमा रियलले जर्मन क्लब आरबी साल्जबर्गलाई ३–० ले हराएको हो।
रियललाई जित दिलाउन भिनिसियस जुनियर, फेड्रिको भर्लभेर्डो र गोन्जेलो गार्सियले गोल गरे।
खेलको ४०औं मिनेटमा भिनिसियसले रियललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा फेड्रिकोले उक्त अग्रता दोब्बर बनाए।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा गोन्जेलोले अर्को गोल थप्दै जित पक्का गरे।
योसँगै रियलले ३ खेलबाट ७ अंक पुर्याएको छ। प्रतियोगिताबाट बाहिरिएको साल्जबर्गको भने समान खेलबाट ४ अंक मात्रै पुग्यो।



