जेष्ठ १४। अष्ट्रेलिया क्यानबेरा एनआरएनए आईसीसीका क्षेत्रीय संयोजक इरशाद अहमद र क्षेत्रीय उप-संयोजक प्रताप रानालाई नेपालका लागी अष्ट्रेलियाका राजदूत महामहिम चित्रलेखा यादवले आज अष्ट्रेलियाको राजधानी क्यानबेरामा स्वागत एवम् सम्मान गर्नु भएको छ ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासको कार्यालयमा भएको भेटमा महामहिम राजदुत यादवले अहमद र रानालाई एनआरएनए आईसीसीलाई चुस्तदुरुस्त बनाएर अघि बढ्न आग्रह समेत गरिन् । नेपालबाट अष्ट्रेलिया आएका लाखौ नेपालीको हितमा एनआरएनए आईसीसीले काम गर्दै आएको विगतलाई स्मरण गरेर राजदुत यादवले यो कार्यलाई अझै व्यवस्थित रुपमा धेरै नेपालीसम्म पुर्याउन एनआरएनए आईसीसी लागी पर्नुपर्नेमा जोड दिइन् ।
भेटमा क्षेत्रीय संयोजक इरशाद अहमद र क्षेत्रीय उप-संयोजक प्रताप रानाले आफुहरुले एनआरएनए आईसीसी को गर्विलो इतिहासलाई कायम राख्न रातदिन कटिबध्द भएर लाग्ने प्रतिबध्दता समेत जनाएका थिए । राजदुत यादवको जन्मदिन पनि आजै परेकाले उनलाई भेट्न दुतावासमा पुगेका एनआरएनए आईसीसीको टोलिले केक काटेर राजदुत यादवको जन्मदिन पनि मनाएका थिए ।



