काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक कुरालाई मात्रै बढी प्रचार गरेर प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेकाे बताउनुभएकाे छ ।
शनिबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तने बताउनुभएकाे हाे । अहिले प्राप्त उपलब्धि धेरैकाे बलिदान र संघर्षबाट प्राप्त भएकाे भन्दै उहाँले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भएको सिंहले बताउनुभयाे ।
‘अहिलेको समय नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेण्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे । अहिले प्राप्त भएको अधिकारलाई सुरक्षित गरेर संस्थागत गर्दै अगाडि बढाउनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।



