काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आधार शिविरतर्फ लागेका छन्। शर्मा वैशाख २० गते अर्थात् शनिबार (हिजो) त्यसतर्फ प्रस्थान गरेका हुन्। शनिबार उनी लुक्ला पुगेर त्यहाँबाट हिँड्न सुरु गरेका छन्।
‘यो पालि सेमिफाइनलसम्मको यात्रा अर्थात् सगरमाथा बेसक्याम्प ,´उनले फेसबुकमा लेखेका छन् ‘क्षमा याचनासहित १० दिन जतिलाई नम्रतापूर्वक बिदा माग्दछु ।´ शर्मा अघिल्लाे वर्ष पनि यस्तै यात्रामा गएका थिए ।



