काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आव ०८२/८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। संघीय संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा शहरी विकासका विभिन्न विषय समेटिएका छन् । उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई बस्न लायक सफा शहरका रूपमा विकास गर्ने, शहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहकाे सरकारकाे समन्वय राम्राे बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएकाे थिया । ती विषय नीति तथा कार्यक्रममा समावेश भएका छन् ।

नीति तथा कार्यक्रममा के छ ?
– आपतकालिन आवास तथा आवासविहिन परिवारका लागि आवास निर्माणर्काण कार्यलाई निरन्तरता दिने ।
-कमजाेर र अव्यवस्थित शहरि क्षेत्रकाे एकीकृत विकास गरिने
-काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारकाे काम गरिने ।
-भृकुटीमण्डपलाई अन्तरास्ट्रिय स्तरकाे सभा हल, मनाेरञ्जन पार्क का रूपमा विकास गर्ने ।
– शहरी पूर्वाधारका लागि थप पूँजी परिचालन गर्न नगर विकास काेषलाई पुनर्संरचना गर्दै यसकाे स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तिय संस्थाहरूकाेबिचमा वितरण गरिनेछ ।
-आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने
– संघ प्रदेेश र स्थानीय तहकाे सहकार्यमा स्थानीय तहकाे केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहकाे सडक सञ्जालसँग जाेडी अन्तर आवद्धता कायम गर्ने

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर