ललितपुर : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वैज्ञानिक र दिगो रूपमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनको खाँचो औँल्याउँदै सबै सरोकारवालाबिच समन्वय आवश्यक रहेको बताएका छन् । प्लास्टिक फोहोर व्यवस्थापन सम्मेलन २०२५ को आज ललितपुरमा उद्घाटन सत्रमा प्रमुख अतिथि रहेका मन्त्री ठकुरीले
सम्मेलनमा मन्त्री शाही ठकुरीले भने, “प्लास्टिकजन्य फोहोरले हिमालदेखि समुद्रसम्म र मानव स्वास्थ्यदेखि सम्पूर्ण वातावरणमा गम्भीर असर पारिरहेको छ। यस समस्याको समाधानका लागि सरकार मात्र होइन, शिक्षण संस्था, अनुसन्धान केन्द्र, स्थानीय तह, उद्योग र आम नागरिकको सहकार्य अपरिहार्य छ।”
सम्मेलनमा नवीनतम अनुसन्धान, प्रविधि विकास, नीतिगत छलफल र जनचेतनामा आधारित प्रस्तुति तथा विमर्श हुने जनाइएको छ।
मन्त्रीले सरकारका तर्फबाट सम्मेलनमा प्रस्तुत हुने सल्लाह, सुझाव तथा सिफारिसलाई वातावरणमैत्री नीति निर्माणमा समावेश गरिने प्रतिबद्धता जनाए। साथै, प्लास्टिकको विकल्प पहिचान गर्ने, रिसाइकल प्रविधिमा लगानी बढाउने र वातावरण संरक्षणका कार्यहरूलाई प्राथमिकतामा राख्ने सरकारको योजनाबारे पनि जानकारी गराए।मन्त्री शाही ठकुरीले सम्मेलन सफल होस् र यसबाट नेपाल तथा दक्षिण एशियाको प्लास्टिक समस्याको समाधानमा ठोस योगदान होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
सम्मेलनमा पुर्व मन्त्री दिपक ज्ञवाली, गणेश शाह ,भक्त बहादुर बलायर संबिधान सभा सदस्य भरत बहादुर खड्का सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा हेमराज पन्त, परशुराम नगरपालिका नगर प्रमुख भरत बडाएर जोशी शिक्षा तथा अनुसन्धान क्षेत्रका विज्ञ, स्थानीय तहका जनप्रतिनिधि, विश्व बैंक, ग्ल्इएक् लगायतका अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधि, प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी र सञ्चारकर्मीहरूको सहभागिता रहेको छ। सम्मेलन तीन दिन सम्म चल्नेछ ।



