काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता रहेकाे बताएका छन् । शनिबार नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण’ कार्यक्रममा नेताहरूले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरू एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिले गाउँ रित्तो भएको छ, युवाहरू विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ ।’



