बाँके : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकको प्रदर्शनमा नभई सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलन नेपालगन्जमा सम्बाेधन गर्दै शर्माले यस्ताे आग्रह गरेका हुन् ।
`राजनैतिक दलहरूले सडकमा प्रदर्सन गर्नें र प्रदर्सन मार्फत आफ्नो एजेन्डा उपर जनमत बनाउन पहल गर्ने कार्य लोकतन्त्रमा विल्कुलै स्वभाविक छ l केहिअघि माओवादी र एकीकृत समाजवादी पार्टीको प्रदर्सन र पछिल्लो समय एमाले पार्टीको प्रदर्शनलाई स्वभाविक रूपमा लिनुपर्छ l लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रुपले प्रस्तुत यी प्रदर्सन अत्यन्तै सकारात्मक छन् ,´ महामन्त्री शर्माले भने, `प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ ।´

उहाँले शिक्षकाे माग सम्बाेधनमा ध्यान दिन पनि आग्रह गर्नुभयाे।
` आज दिनभर प्रधानमन्त्रीज्युको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपर्थ्यो तर प्रधानमन्त्रीज्यु त्यतातिर होइन सडकतिर लाग्नु भो । सार्वजनिक अपील छ- प्रधानमन्त्रीज्यु सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्न तर्फ लाग्नुस् l सडक प्रदर्सन हामी दलहरूले गरौंला प्रधानमन्त्रीज्युले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्सन बढाउनुस् , तब गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्नेछ ,´ उनले भने ।



