काठमाडौं । आम जनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको टिप्पणी गरेका छन्। साथै प्रधानमन्त्री ओलीले पद र पावरको दुरुपयोग गरिरहेको गम्भिर आरोप उनले लगाएका छन्।

आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । गत बुधबार सिराहा पुगेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल ९जसपा० बाट निर्वाचित धनगढीमाई नगरपालिका–७ का वडाअध्यक्ष बिजय महतोलाई टिकामाला लगाई नेकपा ९एमाले०मा प्रवेश गराएका थिए।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एकपार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्‌नो पार्टीमा प्रवेश गराउदै गर्दा खुशी थिए। तर उही प्रधानमन्त्री ओलीले २०८० सालको असोजमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पदमुक्त गराएको आजपा अध्यक्ष साहले जनाएका छन्।

‘यदी बिजय महतोको पार्टी प्रवेश बैध हो भने रिनाकुमारी साहको पदमुक्त के हो रु’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, अलिकति लाजको पनि इज्जत राखिदिनुस् । तपाईको दोहोरो चरित्रले देशले धेरै दुख पाई सके । पद र पावर छ भन्दैमा जे पनि गर्ने काम बन्द गर्नुस्।’

यसै बिषयमा आजपा अध्यक्ष साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसपा नेपालबाट निर्वाचित सिराहाको धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय महतोलाई टिका माला लगाई एमालेमा प्रवेश गराउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न, “तपाई कुन नैतिकताले मौलापुरको मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्नु भएको थियो रु” यदि विजय महतोको पार्टी प्रवेश बैध हो भन्ने रिनाकुमारी साहकी पदमुक्त के हो रु प्रधानमन्त्रीज्यू, अलिकति लाजकोपनि इज्जत राखिदिनुस । तपाईको दोहरो चरित्रले देशले धेरै दुःख पाई सक्यो । पद र पावर छ भन्दैमा जे पनि गर्ने काम बन्द गर्नुस।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको