काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो।

बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको  छ। बुधबार एक हजार ८३५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय  रुपैयाँमा  कारोवार भैइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर