काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा नेविसंघभित्र वृहत्तर एकता देखिएको छ । सभापतिका उमेदवार दीपक जोशीका पक्षमा सबै बागी उमेदवारले समर्थन गरेका छन् ।

बागी उमेदवारी दिएकाहरू संगठनलाई जिताउनका लागि नेविसंघका उमेदवार जोशी नेतृत्वको टिमलाई समर्थन गर्ने निष्कर्षमा पुगेका हुन् । नेविसंघका नेताहरू अनोज कार्की र नरेन्द्र साउदले संगठनको झण्डा झुक्न नदिने भन्दै अघि बढेपछि अब त्रिविमा नेविसंघले विरासत जोगाउने भन्दै नेविसंघ उत्साही बनेको छ ।

नेविसंघभित्र बलियो एकता बनेको भन्दै नेविसंघका त्रिवी इकाइका अध्यक्ष विष्णु बडैलाले कार्की र साउदप्रति आभार व्यक्त गरेका छन् । `हामी एकजुट छौ साथमा छौ । नेविसंघको जित सुनिश्चित छ ।
मेरो प्रिय् मित्र अनोज कार्की लगाएतको सम्पूर्ण टिम र नेविसंघ उम्मेदवार दिपकराज जोशी नेतृत्वको टिमलाइ समर्थन गर्नुभएको छ । जय नेपाल,´ उनले लेखेका छन् ।

त्रिविमा आइतबार बेलुका नेविसंघका पूर्वअध्यक्ष, कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महर, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा पनि पुगेका थिए । शिक्षा विभाग प्रमुख महरले नेविसंघभित्रकाे एकतापछि नेविसंघलाई कसैले हराउन नसक्ने भन्दै जितका लागि शुभकामना दिएका छन् । नेविसंघका अध्यक्ष शेर्पाले अघिल्लो पटकजस्तै यसपटक पनि केन्द्रीय क्याम्पसमा नेविसंघले जित्ने दाबी गरे ।

त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा भाेली चुनाव हुँदैछ ।

यस्ताे छ त्रिविमा नेविसंघकाे टिम

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको