काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वको तापमान वृद्धि रोक्न थप योजना बनाउन विश्व समुदायलाई अविल गरेका छन्। मंगलबार जर्मनीको बर्लिनमा ‘पिटर्सबर्ग जलवायु संवाद’ कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो अपिल गर्नुभएको हो । मन्त्री शाही हाल जलवायुसम्बनिध कार्यक्रममा हुनुहुन्छ । उहाँले त्यहाँ भइरहेका विधि सेसनमा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे चर्चा गर्दै नेपाललाई न्याय माग गरिरहनुभएको छ।
मंगलबारको सत्रलाइ सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो संवाद सबै पक्षलाई एकताबद्ध गर्ने मञ्च हो । जलवायु जोखिममा रहेका हिमाली राष्ट्रहरू र अतिकम विकसित देशहरूका लागि, यस्ता मञ्चहरूले पर्याप्त सहयोग र राजनीतिक गति पाउनुपर्छ ।’ ब्राजिलमा यही वर्ष जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदैछ । सो सम्मेलनमा त्यस्तो योजना अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।



