काठमाडौं। एएफसी एसियन कप २०२७ छनोटमा मंगलबार घरेलु टोली मलेसियासामु नेपालले चुनौती प्रस्तुत गर्दैछ।

जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुने समूह एफ अन्तर्गतको यो खेल नेपाली समयअनुसार राति ७स्४५ बजे हुनेछ।

विगत सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन। मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ। नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २–० ले पराजित भएको थियो।

नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको