काठमडौँ। बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित हासिल गरेको छ। दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा बागमती ९ विकेटले विजयी भएको हो।

बागमतीको जितमा ओपनर आशुतोष घिरैया १९ र सुवास शंकर १६ रनमा अविजि रहे भने अर्का ओपनर इशान पाण्डे २२ रनमा आउट भए। कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले ६.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो। कर्णालीका लागि दिपेन्द्र रावतीले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याङि गरेको कर्णालीविरुद्ध बागमतीका रिजन ढकाल र सूर्य तामाङको घातक बलिङ गरेपछि कर्णाली ५८ रनमा समेटिएको छ। बागमतीका लागि रिजनले ८.१ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर ५ विकेट लिँदा स्पिनर सूर्यले २ मेडनसहित ७ ओभर बलिङ गर्दा १७ रन खर्चिएर ४ विकेट लिएका थिए।

कर्णाली १९.१ ओभरमा अलआउट भएको थियो। सुनिल धमलाले १५ बनाएको स्कोर नै सर्वाधिक र दोहोरो अंकको स्कोर हो।याे जितसँगै बागमतीले जारी पीएम कपमा ८ खेलबाट ८ अंक जाेडेर शीर्ष चारमा रहने सम्भावना बलियाे बनाएकाे छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको