काठमाडाैं। युगाण्डामा जारी वुमेन्स डे कप टी-२० आई सिरिजमा हङकङले नेपाल सामु १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको हो।
फाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सिरिजमा यसअघि खेलेका ५ मध्ये ४ खेलमा हार बेहोरेको छ। ५ मध्ये ३ मा जित निकालेको हङकङ भने नेपालविरुद्ध जारी खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछ।
हङकङले नेपालविरुद्धको पहिलो खेलमा भने २ रनको जित निकालेको थियो।



