काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताउनुभएको छ। सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ नयाँ बानेश्वरमा रहेको श्री शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्नुहुँदै उहाँले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताउनुभयो।

त्यस्तै उहाँले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताउनुभयो । उहाँले तिनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिनुभयो। ‘निर्वाचित हुँदैमा विधि र कानूनभन्दा माथि कोही पनि हुँदैन। जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबिच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ।

जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’ त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताउनुभयो। आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उहाँको भनाई छ । ‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन। पदमा भएपनि नभएपनि केही छैन। प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’ उहाँले भन्नुुभयो।

नदि प्रणाली सुधार्न सेफ्टी ट्यांकी त्यस्तै, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले उपत्याकाको नदि प्रणाली सुधार गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथको आवश्यक्ता रहेको बताउनुभयो। ‘यहाँको नदि प्रणाली सुधार गर्नुपर्यो। सिंहदरबार जाँदा धोबीखोला गन्हाउँछ। विष्णुमति,धोबिखोला किनारमा पनि अवस्था उस्तै छ। यसको सुधार सरकारले मात्र गरेर हुन्छ रु सबैले चासो राख्नुपर्यो,’ उहाँले भन्नुुभयो, ‘बाग्मती, विष्णुमति, धोबिखोलालगायतका नदिनाला ढलमा परिणत भइरहेको छ। यसलाई रोक्न आफ्नो घरको ढल नदि नालामा नपपठाउन गर्नुपर्ने काममा सजग हुनुपर्यो।

’ उहाँले हरेक घरमा र नभए सम्भव हुने ठाउँमा बनाउनुपर्ने बताउनुभयो। त्यस्तै, उपप्रधानमन्त्री सिंहले नदि किनारमा अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने बताउँदै उहाँले त्यसका लागि सरकारले काम अघि बढाउँदा नागरिकले साथ दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको