ललितपुर। ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरको वडा नम्बर १३ स्थित महिला समूहले दौड म्याराथन र कवितावाचन प्रतियोगिता आयोजना गरेको थियो। उक्त कार्यक्रममा करिब १२० जना महिला सहभागी भएका थिए।
दौड म्याराथुनमा १३ नं. वडाका महिला समूहका सदस्यहरूले उत्साहपूर्वक भाग लिएका थिए। ७० भन्दा बढी महिलाले प्रतिस्पर्धा गरे। दौडमा जानुका दाहालले प्रथम स्थान, मैया अधिकारीले दोस्रो स्थान, सृजना नेम्कुलले तेस्रो स्थान प्राप्त गरे, भने उषा राई चौथो स्थानमा रहिन्। उनीहरूलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा दिउँसो कवितावाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसमा वडाका महिला समूहका सदस्यहरूले भाग लिएका थिए। कवितावाचनमा संगीता तिमल्सिना पहिलो, सीता गजुरेल दोस्रो र टिका ढुङ्गाना काफ्ले तेस्रो स्थानमा रहे । सुरुसी खड्काले सान्त्वना पुरस्कार प्राप्त गरिन्। सहभागी सबैलाई सम्मानपत्र वितरण गरियो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा नम्बर १३ का महिला सदस्य सरस्वती जोशी र विशेष अतिथिका रूपमा कृष्णप्रसाद कोइराला उपस्थित थिए। साथै, सभा अध्यक्ष टिका ढकाल उपाध्यक्ष रेनुका बजगाई, ललितपुर महानगरपालिका महिला विकासका पूर्व उपसचिव महेश्वरी बिष्ट पनि कार्यक्रममा सहभागी थिइन्। कवितावाचनका निर्णायकको रूपमा लक्ष्मीप्रसाद घिमिरे, चुडा भट्टराई र प्रज्ञा खत्री रहेको थिए।
कार्यक्रमको सञ्चालन र व्यवस्थापनमा रन्जु बानिया र इन्दिरा काफ्ले प्रमुख भूमिका निभाएका थिए। इन्दिरा काफ्लेले कार्यक्रमलाई सफल बनाउन अल्का अस्पताल, मेडिकल टिम, सुरक्षाकर्मी र मिडिया रेडक्रसलाई धन्यवाद दिइन् ।
यस कार्यक्रमले महिला सशक्तिकरणको महत्वपूर्ण मुद्धामा ध्यानाकर्षण गर्दै समाजमा महिलाको स्थान र योगदानको महत्वलाई बढावा दिएको छ।



