काठमाडौँ : नेपाल समाजवादी पार्टीका संयाेजक, पूर्वमाओवादी नेता बाबुराम भट्टराईले राजतन्त्र फर्कन सम्भव नभएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै उनले राजा फर्कन हल्ला चलेपनि सम्भव नभएको बताएका छन् ।
ञकेही समययता सडक र सामाजिक सञ्जालमा अस्वाभाविक रूपले फेरि राजतन्त्रलाई फर्काउने र संविधानका सकारात्मक पक्षलाई उल्ट्याउने भन्ने किसिमका गतिविधिहरू हुन थालेका छन्। यो चिन्ताको विषय हो,झ रासससँग कुरा गर्दै उनले भनेका छन्,ञ बहुदलीय लोकतन्त्रमा दल र विचारहरू फरक हुन सक्छन्। समाजमा अगाडि बढ्ने, यथास्थितिमा रहने र पछाडि फर्कने प्रवृत्ति जहिले पनि भइरहन्छ। यस्ताखालका समस्याको समाधान पनि लोकतान्त्रिक विधिमार्फत खोज्नुपर्छ। तर अहिले जसरी प्रायोजित हिसाबले हल्ला चलेको छ, म त्यस्तो सम्भावना देख्दिँन। यस्तो प्रवृत्तिले अनावश्यक समय र शक्ति बर्बाद गर्छ। पूर्वराजाले कुनै भूमिका खोज्ने हो भने नेपालको वर्तमान संविधानअन्तर्गत ठाउँ नभएको पनि उनको भनाई छ ।



