काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले जारी गरेको अध्यादेशविरुद्धमा प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र विरोध गरेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो प्रतिपक्षले काँडैकाँडा मात्र देखे सरकारले फूलै फूल देखेको बताए।

उनले भने, ‘नेपाल सरकारले जारी गरेको अध्यादेश बारे छलफलको क्रममा ७ जना मान्यहरुले आफ्नो भनाई राख्नु भएको छ। सबैभन्दा पहिला म के अनुरोध गर्न चाहान्छु भने अघिल्लो पटकको अध्यादेशको यसै छलफलमा बोल्न आउने यी धेरै मान्यहरु सत्ता पक्षमा हुनुहुन्थ्यो खनि यही अध्यादेशको बारेमा कसरी वकालत गर्नु भएको थियो त्यो हेरेपछि प्रष्ट हुन्छ। त्यसकारण यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो हो।

उहाँहरुले काँडैकाँडा मात्र देख्नु भएछ हामीले फूलै फूल देख्या छौ। प्रतिपक्षमा हुनुभएका दलहरुसँग बल त हुन्छ विरोध गर्ने तर विषय नै पाउनु भएन कहाँ र कुन दफामा विरोध गर्ने भनेर, उहाँहरुको अभिव्यक्तिबाट मलाई त्यस्तै लाग्यो । विरोध गर्नुपर्छ भनेर गर्नुभयो त्यति हो।’

यसको साथै, उनले आज सुशासन कायम गर्ने कुरा, सार्वजनिक सेवालाई प्रवाह गर्नुपर्ने कुरा आजको दिनमा अत्ति आवश्यक भएको हुनाले राष्ट्रिय र प्रतिनिधि दुवै सदन नचलेको बेला अध्यादेश मार्फत ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको