काठमाडौं। ब्याटर र राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन्। बुधबार मल्लले ललितपुर, सानेपास्थित उक्त एकेडेमीको उद्घाटन गरेका हुन्। सोही क्रममा उनले नेपालमा क्रिकेटलाई एकेडेमिक हिसाबले अगाडि लैजाने उद्देश्यले २००९ मा काठमाडौं क्रिकेट टे«निङ सेन्टरको स्थापना गरेको भन्दै रेडियन्ट क्रिकेट एकेडेमी त्यसैको निरन्तरता भएको बताए।

उनले भने, ‘नेपालमा एउटा एकेडेमी खोल्नु पर्छ, नेपालमा क्रिकेटलाई पनि एउटा एकेडेमिक हिसाबले लानु पर्छ। टिभिमा हेरेको र देखेको भरमा मात्र खेलेर हुदैँन् यसलाई राम्रो तरिकाले अगाडि बढाउनु पर्छ भनेर २००९ मा काठमाडौं क्रिकेट टे«निङ सेन्टर भनेर स्थापना गरेका थियौं । यसको साथै आज जुन रेडियन्ट क्रिकेट एकेडेमी खुलेको छ। यसको लागि सबैजनालाई धन्यवाद दिन चाहान्छु। हाम्रो लक्षित वर्ग भनेको विद्यार्थी भएको हुनाले यसमा विद्यार्थी जोडिदा अझ खुसी छु।’

यसको साथै, उनले रेडियन्ट क्रिकेट एकेडेमीलाई नेपाललाई विश्वकप जिताउन सक्ने खालको राम्रा खेलाडीहरु उत्पादन गर्न पनि शुभकामना दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको