बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो। काँक्रेविहारको जितसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ।

दोस्रो हाफको ५१ औँ मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए। खेलको ५७ औँ मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले  बराबरी गोल फर्काए। यस्तै खेलको ७९ आँै मिनेटमा घानाका अकेन्टो ओपेमी पवेले खेललाई २–१ को अवस्थामा पुर्याए। ८४ औं मिनेटमा काँक्रेबिहारका गणेश पुलामीले गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५–४ ले हराउँदै काँक्रेबिहारले सेमिफाइनलको यात्रा तय गरेको हो।

समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँके र प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ तथा समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी र अफ्रिकन घाना फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका छन्।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो। घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको