जनकपुर । डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ।

वन प्राविधिक संघको ५०औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव समारोहमा काठमाडौमा मंगलबार आयोजित एक कार्यक्रममा सो पुरस्कार डिएफओ सिंहलाई प्रदान गरिएको हो।

वन संरक्षणको कार्यमा अतुलनिय योगदान पुर्याए बापत कार्यको उच्च मूल्यांकन सहित नगद पुरस्कार र प्रमाणपत्रबाट सम्मानित गरिएको छ। पुरस्कारको राशी ४० हजार नगद रहेको छ।

वन अतिक्रमण नियन्त्रण, भूमाफियाहरुले लालपूर्जा बनाई हकभोग गरिसकेको अरबौं मूल्यको जग्गा फिर्ता ल्याई राज्यको कायम गरेको, वन व्यवस्थापन र सुशासन कायम गर्नमा पनि उनको योगदान रहेको छ।

डिएफओ सिंहको कामकाजलाई मधेश सरकारले पनि आफनो उपलब्धिको रुपमा राखेको छ । संघीय वन वातावरण मन्त्रालयका सचिव दिपककुमार खरालले सिंहलाई सो पुरस्कार प्रदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको